भारतको आक्रामकताविरुद्ध पाकिस्तानले दियो  संयुक्त राष्ट्रसंघमा उजुरी 

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको सैन्य कारबाही ‘अपरेसन सिन्दुर’ लाई लिएर कडा आपत्ति जनाएको छ । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकता र यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा उत्पन्न खतरा’ बारे जानकारी दिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सूचित गरिएको छ कि पाकिस्तानले […]

May 7, 2025 - 05:03
 0
भारतको आक्रामकताविरुद्ध पाकिस्तानले दियो  संयुक्त राष्ट्रसंघमा उजुरी 

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको सैन्य कारबाही ‘अपरेसन सिन्दुर’ लाई लिएर कडा आपत्ति जनाएको छ । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकता र यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा उत्पन्न खतरा’ बारे जानकारी दिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सूचित गरिएको छ कि पाकिस्तानले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ मा उल्लिखित आत्मरक्षाको अधिकारअनुसार आफ्नो समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने अधिकार राख्छ ।’

पाकिस्तानका विदेशमन्त्री इसहाक डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पाकिस्तान भारतको आक्रामकताको कडा निन्दा गर्छ, जुन पाकिस्तानको सम्प्रभुता, संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो ।’

भारतले गए राति पाकिस्तानका ९ स्थानमा एयर स्ट्राइक गरेको छ ।

भारत र पाकिस्तानमा को कति शक्तिशाली ? 

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

भारतको आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्ट मोडमा, विद्यालयदेखि एयरस्पेससम्म बन्द

भारतका राफेलसहित पाँच जेट खसालेको पाकिस्तानको दाबी

भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु 

अमेरिकाले भन्यो– भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेका छौँ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register