धितोपत्र बोर्डका अध्यक्षमाथि कारबाही गर्न राप्रपा सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा उनले आईपीओहरूको निष्कासन गर्नका लागि उनले श्रेष्ठले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् । ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो […]

May 7, 2025 - 07:27
 0
धितोपत्र बोर्डका अध्यक्षमाथि कारबाही गर्न राप्रपा सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा उनले आईपीओहरूको निष्कासन गर्नका लागि उनले श्रेष्ठले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।

‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ । आईपीओहरूको निष्कासन गर्नका लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन,’ उनले भनिन्, ‘पुँजीबजारमा हजारौैं नागरिकको पैसा फसेको छ । उनीहरूमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register