इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४ सय नाघ्यो

काठमाडौं । इजरायलले गाजामा गरेको भीषण आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार सय नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार ४१३ जनाको मृत्यु भएको छ । मन्त्रालयले केही व्यक्ति अझै पनि भग्नावशेषमुनि फसेको जनाएको छ ।  इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ६६० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ । इजरायलले […]

Mar 18, 2025 - 11:47
 0
इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४ सय नाघ्यो

काठमाडौं । इजरायलले गाजामा गरेको भीषण आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार सय नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार ४१३ जनाको मृत्यु भएको छ । मन्त्रालयले केही व्यक्ति अझै पनि भग्नावशेषमुनि फसेको जनाएको छ । 

इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ६६० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायलले आक्रमण सुरु गर्नुअघि अमेरिकालाई जानकारी गराएको खुलासा भएपछि हमासले गाजामा भएको नरसंहारको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएको छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि आक्रमण सुरु गरेको इजरायलको दाबी छ ।

हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register