सीएनएन लेख्छ – भारतीय मिडिया भारी राष्ट्रवादी भाषणबाजी रङ्गले भरियो

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा गरेको सैन्य कारबाहीपछि धेरैजसो भारतीय टेलिभिजन च्यानलमा भारी राष्ट्रवादी भाषणबाजीले रङ्ग भरिएको समाचार छ । “भारतले शत्रुलाई ध्वस्त पार्‍यो”, “भारतको कडा प्रहार पाकिस्तानमा” जस्ता शीर्षकहरू विभिन्न समाचार च्यानलमा देखिएको सीएनएनको रिपोर्टमा उल्लेख छ । केही समाचार संस्थाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘क्याप्टेन अमेरिका’ शैलीको भारतीय झण्डाले सजिएको […]

May 7, 2025 - 07:30
 0
सीएनएन लेख्छ – भारतीय मिडिया भारी राष्ट्रवादी भाषणबाजी रङ्गले भरियो

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा गरेको सैन्य कारबाहीपछि धेरैजसो भारतीय टेलिभिजन च्यानलमा भारी राष्ट्रवादी भाषणबाजीले रङ्ग भरिएको समाचार छ ।

“भारतले शत्रुलाई ध्वस्त पार्‍यो”, “भारतको कडा प्रहार पाकिस्तानमा” जस्ता शीर्षकहरू विभिन्न समाचार च्यानलमा देखिएको सीएनएनको रिपोर्टमा उल्लेख छ ।

केही समाचार संस्थाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘क्याप्टेन अमेरिका’ शैलीको भारतीय झण्डाले सजिएको ढाल समातेको चित्रमा देखाएको छ ।

यसैबीच केही च्यानलहरूले ‘अप्रेशन सिन्दुर’ नाम दिइएको उक्त कारबाहीको रिपोर्टिङका क्रममा टेलिभिजन स्क्रिनभरि लडाकु विमान, विस्फोट र सैनिक कारबाहीका एनिमेसनहरू प्रस्तुत गरेका छन् ।

भारतका अधिकाङ्श मिडियाले सरकारको लाइन पछ्याउने आरोप खेप्दै आएका छन् ।

मोदीको नेतृत्वमा भारतले आफूलाई गर्विलो, राष्ट्रवादी राष्ट्रका रूपमा प्रस्तुत गर्न खोजिरहेको र जटिल परिस्थितिहरूको सामना गर्नसक्ने शक्ति भएको सन्देश दिन चाहिरहेको देखिन्छ । त्यो त्यहाँका सञ्चारमाध्यममा छर्लङ्ग देखिन्छ ।

भारतीय प्रशासनद्वारा नियन्त्रण गरिएको कश्मीरमा भएको पर्यटक हत्याकाण्डपछिका रिपोर्टहरूमा केही मिडिया संस्थाहरूले प्रतिशोधको माग गरेका थिए, जसले तनावलाई झनै बढाएको विश्लेषकहरूको ठम्याइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register