जनवरीमा मात्रै ३ हजार ५ सय २१ बेलायती पर्यटक नेपाल पुगे

  लन्डन । अन्तर्राष्ट्रिय आगन्तुक आगमनको सन्दर्भमा २०२५ को पहिलो महिना जनवरीमा सामान्य वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार जनवरी २०२५ मा ७९ हजार ९९१ अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरे, जुन २०२४ को सोही अवधिको तुलनामा १.१ प्रतिशत वृद्धि हो । यो आगमन जनवरी २०१९ को महामारीअघिको आगमन तुलनामा ९८.४ प्रतिशत रिकभरी हो। जनवरी […]

Feb 2, 2025 - 21:50
 0
जनवरीमा मात्रै ३ हजार ५ सय २१ बेलायती पर्यटक नेपाल पुगे

 

लन्डन । अन्तर्राष्ट्रिय आगन्तुक आगमनको सन्दर्भमा २०२५ को पहिलो महिना जनवरीमा सामान्य वृद्धि भएको छ ।

अध्यागमन विभागका अनुसार जनवरी २०२५ मा ७९ हजार ९९१ अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरे, जुन २०२४ को सोही अवधिको तुलनामा १.१ प्रतिशत वृद्धि हो । यो आगमन जनवरी २०१९ को महामारीअघिको आगमन तुलनामा ९८.४ प्रतिशत रिकभरी हो।

जनवरी २०२५ मा भारतबाट २० हजार ४८५ पर्यटक आगमन भएको छ जुन २०२४ को तुलनामा १५ प्रतिशत गिरावट हो । तर जनवरी २०१९ को तुलनामा १५ प्रतिशत बढी आगमन भएको छ ।

सार्क देशहरुबाट समग्र आगमन गत वर्ष सोही महिनाभन्दा ४.३ प्रतिशतले गिरावट भएको छ । सार्कबाट गत वर्ष जनवरीमा कुल २९ हजार ४ सय ८५ पर्यटक भित्रिएका थिए । यस क्षेत्रबाट महामारी पूर्व आगमनको तुलनामा लगभग ३८ प्रतिशत बढी हो । जनवरी २०२५ मा सार्क क्षेत्रबाट नेपाल आउने कुल पर्यटकको संख्या ३७ प्रतिशत छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२५ मा ८ हजार १९१ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे जुन जनवरी २०२४ को तुलनामा १२.७ प्रतिशतले बढी हो ।

त्यसैगरि दक्षिण कोरियाबाट ३ हजार ७५६, थाइल्यान्डबाट ३ हजार २१९ र जापानबाट १ हजार ५७० पर्यटकले भ्रमण गरे ।

नेपाल भ्रमण गर्ने युरोपेली पर्यटक पनि बढेका छन् । सन् २०२४ को जनवरी महिनाको तुलनामा यूके, जर्मनी र फ्रान्सबाट नेपाल पुग्ने पर्यटक क्रमशः ७.५ प्रतिशत, ३ प्रतिशत र ४ प्रतिशत वृद्धि भई क्रमशः यूकेबाट ३ हजार ५२१, जर्मनीबाट १ हजार ३२१ र फ्रान्सबाट १०१० थिए । जनवरी २०२५ मा कुल युरोपेली आगमन संख्या १० हजार ३६७ पुगेको छ ।

सन् २०२५ को जनवरीमा नेपाल पुग्ने अमेरिकी पर्यटकको कुल संख्या ८ हजार ६३ थियो, जुन गत वर्ष जनवरीको तथ्यांकको तुलनामा १४.४ प्रतिशतले बढी हो ।

त्यसैगरी जनवरी २०२५ मा ४ हजार ३०१ अष्ट्रेलियाली पर्यटकले नेपाल भ्रमण गरे जुन जनवरी २०२४ को तुलनामा २५.७ प्रतिशत बढी हो। मध्यपूर्व र अफ्रिका क्षेत्रमा क्रमशः ६८५ र २९२ अन्तर्राष्ट्रिय आगन्तुकहरू नेपाल पुगेको नेपाल पर्यटन बोर्डले २ फेब्रुअरी आइतबार जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register