नेपाल– भारत सीमामा सुरक्षाका संयुक्त गस्ती बढाइयो

शशि पन्थीरुपन्देही, २५ वैशाख । भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ । सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल–भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताउनुभयो । संयुक्त गस्ती र [...] The post नेपाल– भारत सीमामा सुरक्षाका संयुक्त गस्ती बढाइयो appeared first on Jhapa Online.

May 8, 2025 - 09:34
 0
नेपाल– भारत सीमामा सुरक्षाका संयुक्त गस्ती बढाइयो

शशि पन्थी
रुपन्देही, २५ वैशाख ।
भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ ।

सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल–भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताउनुभयो ।

संयुक्त गस्ती र सुरक्षा गस्ती बढाइएको छ एसपी जोशीले भन्नुभयो, एकल गस्ती, सीमा पैदल गस्ती र शङ्कास्पद बस्तु चेक जांचगर्ने काम भएको छ । हाम्रो टोली पनि बढाउने काम गरेका छौँ ।

दैनिकी समन्वय गरि बोर्डर मिटिङ गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । सीमा नाकाबाट नेपाल आउने विवरणहरू यात्रु सबैको चेक जाँच जारी राखेका छौँ डिएसपी न्यौपाने भन्नुहुन्छ, पारी भारत तर्फ जानेको भारतीय एसएसबीले गरिरहेको छ । दैनिक समन्वय गरि बोर्डरको मोनिटरिङ समेत हामी गरिरहेका छौँ ।

The post नेपाल– भारत सीमामा सुरक्षाका संयुक्त गस्ती बढाइयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register