आन्दोलनका नाममा नागरिकलाई सास्ती… (तस्विरहरु) 

काठमाडौँ । शुक्रबार काठमाडौँमा हुन लागेको राजावादी र गणतन्त्रवादीको आन्दोलनले सर्वसाधारण भने मर्कामा परेका छन् । आज राजावादीको प्रदर्शन तीनकुने क्षेत्रमा हुँदैछ भने गणतन्त्र पक्षधरको आन्दोलन काठमाडौँको भृकुटीमण्डपमा हुँदैछन् ।  यी दुवै आन्दोलनलाई लक्षित गर्दै गृह प्रशासनले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारेको छ ।  हाल काठमाडौँको रत्नपार्क, दरबारमार्ग, भृकुटीमण्डप, माइतीघर, बानेश्वर तीनकुने क्षेत्रमा ठूलो संख्यामा […]

Mar 28, 2025 - 06:20
 0
आन्दोलनका नाममा नागरिकलाई सास्ती… (तस्विरहरु) 

काठमाडौँ । शुक्रबार काठमाडौँमा हुन लागेको राजावादी र गणतन्त्रवादीको आन्दोलनले सर्वसाधारण भने मर्कामा परेका छन् । आज राजावादीको प्रदर्शन तीनकुने क्षेत्रमा हुँदैछ भने गणतन्त्र पक्षधरको आन्दोलन काठमाडौँको भृकुटीमण्डपमा हुँदैछन् । 

यी दुवै आन्दोलनलाई लक्षित गर्दै गृह प्रशासनले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारेको छ । 

हाल काठमाडौँको रत्नपार्क, दरबारमार्ग, भृकुटीमण्डप, माइतीघर, बानेश्वर तीनकुने क्षेत्रमा ठूलो संख्यामा प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ भने ठाउँठाउँमा ब्यारिकेट राखेर डाइभर्सन गराइएको छ । 

जसका कारण नियमित काममा हिँड्ने सर्वसाधारण मर्कामा परेका छन् । अफिस जान हिँडेकाहरु समयमा अफिस पुग्न सकेका छैनन् भने सर्वसाधारणलाई गन्तव्यमा पुग्न निकै ठूलो झमेला ब्यहोर्नुपरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register