बहराइनमाथि नेपालको जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो । छनोटमा नेपालको यो पहिलो जित हो । ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १८ रन बनाइन् । सम्झना खड्का […]

May 10, 2025 - 06:37
 0
बहराइनमाथि नेपालको जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ ।

शनिबार बिहान भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो । छनोटमा नेपालको यो पहिलो जित हो ।

४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १८ रन बनाइन् । सम्झना खड्का १३ र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन् ।

पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनायो । कप्तान दीपिका रसाङ्सगिकाले ३४ रन बनाइन् । नेपालका लागि पूजा महतोले १ विकेट लिइन् ।

टस जितेर नेपालले बलिङ रोजेको थियो । वर्षाका कारण खेल ढिला सुरु हुँदा २० ओभरलाई घटाएर ५ ओभरमा सिमित गरिएको थियो ।

शुक्रबार नेपाल र हङकङबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो । अब मङ्गलबार नेपाल र बिहिबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register