भारतले ‘सगरमाथा संवाद’का लागि नेपाललाई दियो १५ वटा गाडी

काठमाडौं । भारत सरकारले ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ । काठमाडौंमा १६–१८ मे २०२५ मा आयोजना हुने संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले एक समारोहबीच परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ती सवारीसाधन हस्तान्तरण गरेका हुन् । नेपाल सरकारको अनुरोधमा […]

May 11, 2025 - 09:46
 0
भारतले ‘सगरमाथा संवाद’का लागि नेपाललाई दियो १५ वटा गाडी

काठमाडौं । भारत सरकारले ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ ।

काठमाडौंमा १६–१८ मे २०२५ मा आयोजना हुने संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले एक समारोहबीच परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ती सवारीसाधन हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको अनुरोधमा प्रदान गरिएका यी सवारीसाधनले संवाद अवधिमा पाहुना र अधिकारीहरूको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारतद्वारा २०२२ को सङ्घीय तथा प्रादेशिक निर्वाचनमा पनि नेपाललाई दिइएको समान प्रकारको सहयोगलाई स्मरण गर्दै सगरमाथा संवादको सफल आयोजनाको शुभकामना व्यक्त गरे । उनले नेपालसँगको विकास साझेदारीमा भारतको प्रतिबद्धता पुनः दोहोर्‍याए ।

सवारीसाधन ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले सगरमाथा संवाद सफल बनाउन भारतको सहयोगप्रति आभार व्यक्त गर्दै भारत नेपालका पुराना र ठूला विकास साझेदारमध्ये एक भएको उल्लेख गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register