बबई बस दुर्घटना अपडेट : ३६ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौं । रन्त राजमार्ग अन्तर्गत बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आइतबार बेलुका ५ः२० बजेतिर भे १ ख ४३३१ नम्बरको बस बबई स्थित सानो खोलामा दुर्घटनामा परेको थियो । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको […]

Feb 9, 2025 - 14:42
 0
बबई बस दुर्घटना अपडेट : ३६ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौं । रन्त राजमार्ग अन्तर्गत बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आइतबार बेलुका ५ः२० बजेतिर भे १ ख ४३३१ नम्बरको बस बबई स्थित सानो खोलामा दुर्घटनामा परेको थियो ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको बसमा ४१ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register