भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा एमए बेबी निर्वाचित

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआईएम) को महासचिवमा एमए बेबी निर्वाचित भएका छन् । केरला राज्यका पूर्वमन्त्रीसमेत रहेका बेबी पार्टीको २४औं महाधिवेशनबाट महासचिव निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तमिलनाडुको मदुरैमा आइतबार सीपीआईएमको महाधिवेशन आयोजना गरिएको थियो । पोलिटब्युरोका १६ सदस्यमध्ये ११ सदस्यले बेबीको नामलाई समर्थन गरे । बेबीबाहेक अखिल भारतीय किसान सभाका […]

Apr 6, 2025 - 12:27
 0
भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा एमए बेबी निर्वाचित

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआईएम) को महासचिवमा एमए बेबी निर्वाचित भएका छन् ।

केरला राज्यका पूर्वमन्त्रीसमेत रहेका बेबी पार्टीको २४औं महाधिवेशनबाट महासचिव निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तमिलनाडुको मदुरैमा आइतबार सीपीआईएमको महाधिवेशन आयोजना गरिएको थियो । पोलिटब्युरोका १६ सदस्यमध्ये ११ सदस्यले बेबीको नामलाई समर्थन गरे ।

बेबीबाहेक अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवलेको नाम पनि महासचिव बन्ने दौडमा थिए ।

सीताराम येचुरीको मृत्युपछि महासचिवको पद रिक्त थियो । प्रकाश करातले अन्तरिम संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

७० वर्षीया एमए बेबी (मरियम अलेक्जेन्डर बेबी) ले सीपीआईएमको विद्यार्थी शाखा स्टुडेन्ट फेडरेशन अफ इन्डियाबाट सक्रिय राजनीति सुरु गरेका थिए ।

पछि बेबी पार्टीको युवा शाखा, डेमोक्रेटिक युथ फेडरेशन अफ इन्डियामा सामेल भए । उनी सन् १९८६ देखि १९९८ सम्म सीपीआईएमबाट राज्यसभा सांसद थिए ।

मिडिया रिपोर्टका अनुसार बेबी केरलाबाट सीपीआईएमको प्रमुख बन्ने दोस्रो नेता हुन् । उनीभन्दा अगाडि ईएम नंबुदिरिपादले पनि यो जिम्मेवारी सम्हालेका थिए ।

बेबी केरलाको कोल्लम जिल्लाको प्राकुलम क्षेत्रकी बासिन्दा हुन् ।

सीताराम येचुरी : वरिष्ठ वामपन्थी व्यक्तित्वको राजनीतिक यात्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register