रुकुम पश्चिममा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

May 12, 2025 - 13:55
 0
रुकुम पश्चिममा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार  दुर्घटनामा परी तीनजना घाइते भएका छन्।  घाइते हुनेमा जीप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप ४०० मिटर तल खसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register