‘स्वार्थ समूहसँग डिएनए नमिल्दासम्म गभर्नर नियुक्ति हुँदैन’- पुन 

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् । राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले ? भन्ने कुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको पुनले बताएका छन् ।  उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटी गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा […]

May 14, 2025 - 03:56
 0
‘स्वार्थ समूहसँग डिएनए नमिल्दासम्म गभर्नर नियुक्ति हुँदैन’- पुन 

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् । राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले ? भन्ने कुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको पुनले बताएका छन् । 

उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटी गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई गभर्नर बनाउने विश्वव्यापी चलन भएको बताएका छन् ।

तर, अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको व्यक्ति गभर्नरका लागि खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिल्दासम्म गभर्नर नियुक्ति नहुने उनले दाबी गरेका छन् । 

त्यस्तै, उनले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आफूहरुको आपत्ति नहुने पनि स्पष्ट पारेका छन् । उनले नयाँ गभर्नरमा स्वार्थ समूह, राजनीतिक कार्यकर्ता वा गैर विज्ञ व्यक्ति नआओस् भन्नेतर्फ सरकारलाई सचेत गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register