पोखराको लामेआहालमा इभी  दुर्घटना, तीन जनाको मृत्यु 

पोखरा।  पोखरा ३२  लामेआहालमा विद्युतीय सवारीसाधन दुर्घटना हुदाँ तीन जनाको मृत्युभएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरका विद्युती यात्रुबहाक सवारी दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्युतीय(ईभी) सवारी लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो । मृतकको सनाखत भइसकेको छैन ।  दुर्घटनामा घाइतेमध्ये ४ जनालाई पोखरा स्वास्थ्य […]

May 14, 2025 - 14:11
 0
पोखराको लामेआहालमा इभी  दुर्घटना, तीन जनाको मृत्यु 

पोखरा। 

पोखरा ३२  लामेआहालमा विद्युतीय सवारीसाधन दुर्घटना हुदाँ तीन जनाको मृत्युभएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरका विद्युती यात्रुबहाक सवारी दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्युतीय(ईभी) सवारी लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो । मृतकको सनाखत भइसकेको छैन । 

दुर्घटनामा घाइतेमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । अन्य ७ जनाको भने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमो उपचार भइरहेको छ ।

 यसैबीच बुधबार दिउँसो नै पोखरा २२ स्थित विश्वशान्ति स्तुपबाट फर्किदैं गएको यात्रुबहाक माईक्रोबस दुर्घटना हुदाँ २६ जना घाईते भएका छन् । बुधबार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको घाईतेको उद्दार गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register