डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष  रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा.लि. बाट सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न […]

May 15, 2025 - 09:46
 0
डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष  रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा.लि. बाट सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को तयारीका लागि परामर्श सेवा प्रदान गर्नेछ ।

वि.सं. २०७६ देखि सञ्चालनमा आएको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल १५ कोठासहित सञ्चालनमा रहेको रिसोर्टले कोठाको संख्या ३५ पुर्‍याउने र स्वीमिङ पुल निर्माण गर्ने योजना बनाएको छ। यी विकास कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

रिसोर्टमा ३०० जनासम्म अट्ने क्षमताका तीन वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, गोष्ठी, सेमिनार तथा पिकनिक जस्ता कार्यक्रमका लागि उपयुक्त स्थलको रूपमा यसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ । साथै, प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिरबाट यो रिसोर्ट करिब २०० मिटरको दूरीमा अवस्थित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register