ग्लोबल आइएमई बैंकको नाफासँगै इपीएस पनि बढ्यो (विवरणसहित)

काठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नफा ३७.१२ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंककाले कुल ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही […]

Apr 20, 2025 - 02:56
 0
ग्लोबल आइएमई बैंकको नाफासँगै इपीएस पनि बढ्यो (विवरणसहित)

काठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नफा ३७.१२ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंककाले कुल ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका थियो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकको सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेको  छ भने सञ्चालन मुनाफा भने ३४.४१ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा झरेको छ । बैंकको खुद ब्याज अम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेकै कारण चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेको हो । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register