म प्रधानमन्त्री हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेँ : प्रचण्ड

अमरगढी । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार अमरगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याए । उनले डडेल्धुराबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति […]

May 16, 2025 - 09:04
 0
म प्रधानमन्त्री हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेँ : प्रचण्ड

अमरगढी । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार अमरगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याए ।

उनले डडेल्धुराबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । ‘डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उनले थपे ।

प्रचण्डले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरेको जानकारी दिए । ‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गर्यौँ । अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गरेका छौँ,’ उनले भने ।

पहिलो चरणको जागरण अभियान झापाबाट सुरु गरी दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register