विपक्षीमाथि ट्रम्प शैली : घरेलुलाई बदला, बाह्यप्रतिको व्यवहारमा बदलाव

मध्यपूर्वमा विगतका शत्रुप्रति  माफी दर्साएका ट्रम्प घरेलु आलोचक र विपक्षीप्रति आक्रामक छन् । अमेरिकामा उनको शत्रुको सुची बढ्दो छ । विगतका आफ्ना राजनीतिक विपक्षीप्रति उनी कठोर छन् ।

May 16, 2025 - 12:22
 0
विपक्षीमाथि ट्रम्प शैली : घरेलुलाई बदला, बाह्यप्रतिको व्यवहारमा बदलाव

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घरेलु विपक्षीविरूद्ध खरो बन्दैछन् । बाह्य विपक्षीविरूद्ध भने उनले नरम नीति लिएका छन् ।

आफ्ना विरोधीहरूलाई तह लगाउन उनले अनुसन्धानको निर्देशन दिएका छन् । विरोधीहरूलाई नयाँ नयाँ ढंगले तह लगाइरहेका छन् । बाहिर भने उनले फरक सन्देश दिन खोजे । घरेलु मामिलामा पुराना कुरा कोट्याउने  ल्याउने ट्रम्प बाहिर भने बितेका कुरा बित्यो भन्दछन् । बितेका विषय उनको हत्याका योजना होस् वा अलकायदासँगको साँठगाँठ। शान्ति र समृद्धिको शर्तमा माफी दिन तयार छन् ट्रम्प ।

हाल, मध्यपूर्व भ्रमणमा छन् ट्रम्प । भ्रमणका भाषणमा विगत भुलेको दोहोर्‍याउँछन् । ‘म स्थायी शत्रुतामा कहिल्यै विश्वास गर्दिँन,’ रियादको सम्बोधनमा उनले भनेका छन् ।

स्थायी शत्रुताबारे उनको अभिव्यक्ति इरानसँगको सम्बन्धप्रति इंगित छ । इरानले ट्रम्पको हत्या गर्न खोजेको अमेरिकी आरोप थियो । यो आरोपलाई इरानले भने अस्वीकार गर्दै आएको छ ट्रम्पले मध्यपूर्वसँगको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउन आकर्षक प्रस्ताव पनि अघि सारेका छन् । ट्रम्पले सिरियामा लाग्दै आएको अमेरिकी प्रतिबन्ध फुकुवा सुनाए । दशकौँदेखिको युद्धले शिथिल सिरियालाई समृद्ध बनाउने उद्घघोष गरेका छन् । ‘सिरियालाई शिथिल बनाउनेगरी प्रतिबन्ध भयो । अब चमकिलो बनाउने समय आएको छ,’ उनको सम्बोधन छ ।

रियादमा सिरियाका राष्ट्रपति अहम्मद अल सहरासँग ट्रम्पले यो कुरा गरेका हुन् । राष्ट्रपति अहम्मद अलकायदासँग निकट थिए । सिरियामा उनी नेतृत्वको सशस्त्र समुह थियो । त्यस समुहलाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको थियो । अहम्मदलाई पक्राउ गर्नेलाई १० लाख डलर पुरस्कारको घोषणा पनि गरेको थियो ।

ट्रम्प मानिसलाई आवरणका आधारमा मुल्यांकन गर्थे ।  सत्तामा आएका विद्रोही अहम्मदको मुल्यांकन पनि आवरणकै आधारमा गरे । अहम्मदको प्रशंसामा ट्रम्पले चिनिँया राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खर्चिएकै शब्द प्रयोग गरेका छन् । युवा अहम्मदबारे उनले भनेका छन्-‘ आकर्षक अहम्मद अति कठोर मानिस हुन् ।’

ट्रम्पको दायाँतिर रहेका सिरियाका राष्ट्रपति अहम्मद अल शारा

सिरियामा अब अमेरिकाले कुनै हस्तक्षेप नगर्ने उनको भनाइ छ । विगतमा नागरिकका मानवअधिकार हननका घटनामा पनि माफी दिने वचन दिएका छन् ।

मध्यपूर्वमा विगतका शत्रुप्रति  माफी दर्साएका ट्रम्प घरेलु आलोचक र विपक्षीप्रति आक्रामक छन् । अमेरिकामा उनको शत्रुको सुची बढ्दो छ । विगतका आफ्ना राजनीतिक विपक्षीप्रति उनी कठोर छन् । आफ्ना पहिलो कार्यकालमा रहेकाहरू उनका नजरमा गद्दार छन् । आफूविरूद्ध मुद्दा चलाउने कानुन व्यवसायीप्रति आक्रोशित छन् । विश्विविद्यालयका निन्दामा मुखरित छन् । उनको निशानामा बाइडेन प्रशासनमा काम गरेका अधिकारी पनि छन् । उनीहरूको सुरक्षा प्रतिवेदन प्रमाणीकरण रद्ध गरेका छन् । बाइडेनले आफ्नो परिवारलाई माफी दिएको भन्दै उक्त मामिलामा जाँचबुझ गर्न उनले निर्देशन दिएका छन् ।

पहिलो कार्यकालमा ट्रम्पले कतारलाई आतंकवादको दाता भनेका थिए । यसपटक कतारका राजा शेख तमिम बिन हम्मद अल थानीको उनले खुलेर प्रशंसा गरेका छन् । एयरफोर्स वानको विस्थापितका लागि प्रदान गरियो ४०० करोड डलर बराबरको जहाज उपहार दिएकोमा कृतज्ञता व्यक्त गरे । कतारको ट्रम्प परिवारसँग व्यापारिक साइनो समेत छ ।

आफ्ना सल्लाहकार समेत आश्चर्यमा पर्नेगरी उनले इरानबारे टिप्पणी गरेका छन् ।  इरानसँग स्थिर र मैत्री सम्बन्धको पक्षमा आफु रहेको उनको भनाइ छ । गत वर्ष मात्रै वासिंटनले आफ्ना नेताहरूमाथि इरानले साइबर जासुसी गरिरहेको आरोप लगाएको थियो । ट्रम्पको हत्याका लागि इरानले मानिस खटाएको आरोप पनि त्यहाँको कानुन तथा न्याय मन्त्रालयको आरोप थियो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि इरान पछुताउने उनका सल्लाहकारको बुझाइ थियो । इरानी सेनाका कमाण्डर कसीम सुलेमानीको हत्याको निर्देशन दिने पनि ट्रम्प नै थिए ।

दोस्रो कार्यकालमा उनी इरानप्रति नरम छन् । इरानसँगको द्वन्द्व लम्ब्याउने चाहना ट्रम्पको छैन । इरानको परमाणु केन्द्रमा बम हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रस्तावप्रति पनि उनले विरोध गरिरहेका छन् । ट्रम्प इरानसँग विशेष सम्झौता चाहान्छन् । त्यो कार्यभार पुरा गर्न उनले विशेष दूत स्टिभ विटकोफ खटाइसके ।  सम्झौता असफल भए सैन्य हस्तक्षेप नगर्ने ट्रम्पको नीति छ । इरानसँगको युद्ध अमेरिकाका लागि घातक हुने ट्रम्पको विश्वास छ । ‘विगतका द्वन्द्व र शत्रुताका अन्त्य गर्दै राम्रो र स्थिर विश्वका लागि म नवीन समझदारीको पक्षमा छु । इरानसँग पनि स्थिर र राम्रो सम्बन्ध विकास गर्ने पक्षमा छु,’ रियादमा उनले सुनाए ।

अमेरिकासँग हाल मित्रवत सम्बन्ध रहेका राष्ट्रहरूमध्ये कतिपयसँग विगतमा भीषण युद्ध भएको स्मरण गर्दै ट्रम्पले भनेका छन्, ‘विगतका तिक्ताका आधारमा होइन वर्तमानको आवश्यकता आधारमा सम्बन्ध विकसित हुन्छन् । अहिलेका हाम्रा मित्र राष्ट्रमध्ये धेरैसँग हाम्रा पुस्ताले युद्ध लडेका थिए । मेरो यो भावना तपाइँहरूले बुझ्नुहुनेछ । इरानसँग सम्बन्ध सुधारका लागि सहयोग गर्नुहुनेछ,’ ट्रम्पले कतारी राजासँग भनेका छन् ।

इरानबारे ट्रम्प र उनका वरिष्ठ अधिकारीहरूको अभिव्यक्ति फरक फरक छन् । इरानसँग उनले गर्न खोजेको सम्झौता सार्वजनिक भएको छैन । ट्रम्प इरानसँग सम्बन्ध सुधारका लागि निकै गम्भीर छन् । बिहीबार मात्रै ट्रम्पले इरानका उच्चअधिकारीहरू अमेरिकासँग सम्झौताका लागि तयार रहेको संकेत गरेका छन् । इरानको परमाणु कार्यक्रम ध्वस्त पार्नुपर्ने अडान राख्दै आएको वासिंटन अब परमाणु समवर्द्धन सम्झौतामा अग्रसर छ । सम्झौतामा कुटनीतिक पहल गरिरहेका ट्रम्पले इरानलाई चेतावनी पनि दिएका छन् ।

आफ्नो स्थायी शत्रु नभएको विश्व शान्तिको पक्षमा रहेको अभिव्यक्ति दिएका ट्रम्पले आफ्नो उदारताको सीमा पनि औंल्याएका छन् । इरानप्रति हार्दिकता देखाइरहेका ट्रम्पले उसलाई चेतावनी पनि दिएका छन् । ‘म आशावादी छु इरानले सही निर्णय लिने नै छ । इरानले परमाणु हतियार राख्नुहुँदैन । हामी सकेसम्म मैत्रीपूर्ण तरिकाले यो विषय टुंग्याउने छौँ । अन्यथा बलको विकल्प प्रयोग गर्नुपर्ने सु:खद हुनेछैन,’ उनको चेतावनी छ ।

न्युयोर्क टाइम्समा प्रकाशित सामाग्री

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register