यूएईले दियो नेपाललाई ११५ रनको लक्ष्य, मनिषालाई ४ विकेट

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा जारी सुपर थ्रीको खेलमा यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो । यूएईका लागि इशा ओझाले ३९ रन र तीर्था शतिशले २१ रन बनाए । नेपालका लागि मनिषा […]

May 19, 2025 - 05:36
 0
यूएईले दियो नेपाललाई ११५ रनको लक्ष्य, मनिषालाई ४ विकेट

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

थाईल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा जारी सुपर थ्रीको खेलमा यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो ।

यूएईका लागि इशा ओझाले ३९ रन र तीर्था शतिशले २१ रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । आजको खेलमा नेपालले जित हासिल गरेमा ग्लोबल छनोटमा स्थान सुरक्षित हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register