रङ्गशालामा मान्छे कुट्नेको बचाउमा एमाले सांसद : ती गुण्डा हैनन्, गणतन्त्रका सेनानी हुन्

काठमाडौं । नेकपा एमाले सांसद ईश्वरीबहादुर रिजालले रङ्गशालामा दर्शक कुट्ने आफ्ना कार्यकर्ताको बचाउ गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रिजालले दर्शक कुट्ने व्यक्तिहहरु गुण्डा नभएर गणतन्त्रका सेनानी रहेको भन्दै बचाउ गरेका हुन् । “बिल्ला लगाएका गुण्डा भनियो ती बिल्ला लगाएका गुण्डा हैनन् । ती लोकतन्त्रका गणतन्त्रका सेनानीहरू हुन्,” रिजालले युवासङ्घको कार्यकर्ताको […]

Mar 6, 2025 - 08:32
 0
रङ्गशालामा मान्छे कुट्नेको बचाउमा एमाले सांसद : ती गुण्डा हैनन्, गणतन्त्रका सेनानी हुन्

काठमाडौं । नेकपा एमाले सांसद ईश्वरीबहादुर रिजालले रङ्गशालामा दर्शक कुट्ने आफ्ना कार्यकर्ताको बचाउ गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रिजालले दर्शक कुट्ने व्यक्तिहहरु गुण्डा नभएर गणतन्त्रका सेनानी रहेको भन्दै बचाउ गरेका हुन् ।

“बिल्ला लगाएका गुण्डा भनियो ती बिल्ला लगाएका गुण्डा हैनन् । ती लोकतन्त्रका गणतन्त्रका सेनानीहरू हुन्,” रिजालले युवासङ्घको कार्यकर्ताको बचाउ गर्दै रिजालले भने, “जब लोकतन्त्र माथि प्रहार हुन्छ । गणतन्त्रमाथि प्रहार हुन्छ । र, लोकतान्त्रिक गणतान्त्रिक नेतृत्वमाथि प्रहार हुन्छन् । ती चुप लागेर बस्दैनन् ।”

फुटबल प्रतियोगितामा गएका दर्शकहरूलाई युवासङ्घका कार्यकर्ताहरूले कुटेको विषयमा बुधबारको प्रतिनिधि सभाको बैठकमा ज्ञानबहादुर शाहीले “बिल्लाधारी गुण्डा” भन्दै कारबाहीको माग गरेका थिए ।

शाहीले गुण्डा भनेको विषयलाई इङ्कित गर्दै एमाले सांसद रिजालले ‘जङ्गलबाट सहर छिरेकाहरूले सांसदलाई असभ्य’ बनाएको आरोप लगाए ।

“सभ्यताको थलो संसद्‌मा बढो असभ्य शब्द प्रयोग भइरहेको छ । भर्खर भर्खर जङ्गलबाट शहर छिरेकाहरुले अशिष्ट असभ्य र असंसदीय शब्दहरू प्रयोग गर्ने बानी परेको छ,” राप्रपा बस्ने रोतर्फ हेर्दै रिजालले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register