इजरायल र इरानबीचको युद्ध चर्किदै

काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किदै गएको छ । इजरायलले इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ । त्यसभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो । दुवै प्लुटोनियम बनाउनका लागि प्रयोग हुने हेभी वाटर रिएक्टर हुन् । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको […]

Jun 21, 2025 - 05:09
 0
इजरायल र इरानबीचको युद्ध चर्किदै

काठमाडौं ।

इरान र इजरायलबीचको युद्ध चर्किदै गएको छ । इजरायलले इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ ।

त्यसभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो । दुवै प्लुटोनियम बनाउनका लागि प्रयोग हुने हेभी वाटर रिएक्टर हुन् । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले इजरायलतर्फ आउने क्षेप्यास्त्र नष्ट गर्ने गरिरहेको समाचारमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register