रोमानियाको चुनावमा निकुसर डान विजयी, रुसलाई धक्का

एजेन्सी । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा विजयी भएका छन्। यससँगै, रुसी समर्थक नेता जर्ज सिमोन  पराजित भएका छन् । निकुसर डानको जितलाई रुसको लागि ठूलो धक्का मानिएको छ। पहिलो चरणको मतदानमा सिमोन अगाडि थिए, जसले रोमानियाको विदेश नीतिमा ठूलो परिवर्तन आउने अनुमान गरिएको थियो। आइतबार भएको दोस्रो […]

May 19, 2025 - 05:36
 0
रोमानियाको चुनावमा निकुसर डान विजयी, रुसलाई धक्का

एजेन्सी । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा विजयी भएका छन्।

यससँगै, रुसी समर्थक नेता जर्ज सिमोन  पराजित भएका छन् । निकुसर डानको जितलाई रुसको लागि ठूलो धक्का मानिएको छ।

पहिलो चरणको मतदानमा सिमोन अगाडि थिए, जसले रोमानियाको विदेश नीतिमा ठूलो परिवर्तन आउने अनुमान गरिएको थियो।

आइतबार भएको दोस्रो चरणको मतदानमा, १ करोड १० लाख मतमध्ये करिब १ करोड मत गणना हुँदा निकुसर डानले ५४.३२ प्रतिशत मत प्राप्त गरे, जबकि जर्ज सिमोनले ४५ प्रतिशत मात्रै मत पाए।

केही महिना अघि भएको चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि रोमानियाको सर्वोच्च अदालतले त्यसलाई रद्द गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register