काङ्ग्रेसमा अब पुराना दाईहरूलाई धन्यवाद भनौँ, नेतृत्व पुस्तान्तरणका लागि तयार बनौँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वको पुस्तान्तरणका लागि सबै पङ्क्ति अब तयार रहनुपर्ने बताएका छन् । सान्दाजु  पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुराना पुस्ताका नेतृत्व र योगदानप्रति धन्यवाद व्यक्त गर्दै पार्टीको नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बेला आएको बताएका हुन् । मुलुकका सामु नयाँ चुनौती आइलागेको र त्यसको सामाधान नयाँ पुस्ताबाट मात्रै हुने उनको […]

May 19, 2025 - 11:45
 0
काङ्ग्रेसमा अब पुराना दाईहरूलाई धन्यवाद भनौँ, नेतृत्व पुस्तान्तरणका लागि तयार बनौँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वको पुस्तान्तरणका लागि सबै पङ्क्ति अब तयार रहनुपर्ने बताएका छन् ।

सान्दाजु  पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुराना पुस्ताका नेतृत्व र योगदानप्रति धन्यवाद व्यक्त गर्दै पार्टीको नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बेला आएको बताएका हुन् ।

मुलुकका सामु नयाँ चुनौती आइलागेको र त्यसको सामाधान नयाँ पुस्ताबाट मात्रै हुने उनको संकेत छ । ‘मुलुकमा उकुसमुकस छ । देशप्रतिको भरोसा टुटेको छ । नेपाल बन्छ भन्ने विश्वास टुटेको अवस्थामा समस्या समाधानका लागि जिम्मेवारी उठाउन हामी तयार हुनुपर्छ । जिम्मेवारी उठाउन तयार बनौँ दाईहरूलाई अब धन्यवाद भनौँ,’ थापाले भने ।

काङ्ग्रेस राष्ट्रिय शक्ति रहेको भन्दै उनले राष्ट्रिय समस्या समाधानको नेतृत्व पार्टीले नै गर्नुपर्ने बताए । ‘मुलुकको समस्या पहिचान गर्ने र सम्बोधनको सामर्थ्य राख्ने पार्टी नै राष्ट्रिय शक्ति हो । काङ्ग्रेसले समस्या सम्बोधनको संकल्प मात्रै गर्दैन समाधानको सामर्थ्य पनि राख्छ,’ उनले भने ।

राज्य शक्तिमा सबैतिर काङ्ग्रेस हुँदा पनि पार्टीप्रति भरोसा नबढेकाले नवीन ढंगले पार्टीलाई अघि बढाउन आवश्यक रहेको उनले बताए । ‘केन्द्रीय, प्रदेश, स्थानीय सरकार सबैतिर हामी छौँ । गभर्नर पनि हाम्रै हुनेवाला छ । सबैतिर हामी हुँदा पनि काङ्ग्रेस खुशी छैन । पदीय शक्तिले  मात्रै पार्टी पङ्क्ति खुशी हुने बेला रहेन । नयाँ पुस्तालाई पार्टीमा जोड्नका लागि नयाँ ढंगले सोच्ने बेला आयो त्यसैले पुराना दाईहरूलाई अब खुट्टा ढोगौँ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register