अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले फेरि सुरु गर्‍यो ‘मेड इन मेक्सिको’ अभियान

काठमाडौं । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानका लागि आह्वान गरेको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापारिक संघर्षको बीचमा उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको पक्षमा लाग्न प्रोत्साहित गर्न यस्तो आह्वाान गरिएको हो । संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर उत्पादन उपलब्ध गराउन र राष्ट्रिय गौरव जगाउने ‘मेड इन मेक्सिको’ […]

May 19, 2025 - 11:39
 0
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले फेरि सुरु गर्‍यो ‘मेड इन मेक्सिको’ अभियान

काठमाडौं । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानका लागि आह्वान गरेको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापारिक संघर्षको बीचमा उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको पक्षमा लाग्न प्रोत्साहित गर्न यस्तो आह्वाान गरिएको हो ।

संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर उत्पादन उपलब्ध गराउन र राष्ट्रिय गौरव जगाउने ‘मेड इन मेक्सिको’ लोगो दर्ता गर्न पनि आह्वान गरिएको छ ।

मेक्सिकन वाइनमेकर काउन्सिलका अध्यक्ष सालोमन एबेड्रोपलोपेजले स्वदेश र अन्ततः विदेशमा उनीहरूको पहुँच फराकिलो बनाउनका लागि एक स्प्रिंगबोर्ड प्रदान गर्ने बताए ।

‘मेड इन मेक्सिकाले हामीलाई मेक्सिकोमा विशिष्ट बनाउँछ र राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउनेछ । जसका कारण मेक्सिकन वाइनको खपत बढ्दै गएको छ र मेक्सिकन वाइनको प्राथमिकता पनि बढ्दै गएको,’ उनले भने ।

देशभक्तिको अपिलले लामो समयदेखि ल्याटिन अमेरिकी अर्थतन्त्रलाई आकार दिने देखिएको छ । मेक्सिकन अधिकारीहरू र व्यापारिक नेताहरूले यस्तो नयाँ धक्काले देशको आपूर्ति शृंखला र यसका उपभोक्ताहरूलाई बाह्य झट्काबाट जोगाउने अनुमान गरिएको छ । एजेन्सीहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register