नेपाली संसदीय प्रतिनिधिमण्डल चीन प्रस्थान, यस्तो छ कार्यक्रम

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छ दिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गरेकी छन् । उनी आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् । सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय […]

May 20, 2025 - 03:54
 0
नेपाली संसदीय प्रतिनिधिमण्डल चीन प्रस्थान, यस्तो छ कार्यक्रम

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छ दिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गरेकी छन् । उनी आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन् ।

उनीसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंहसहितको प्रतिनिधिमण्डल सहभागी छन् । चीन भ्रमण सकेर जेठ १० गते उक्त प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register