१० महिनामा विदेश पढ्न जाने विद्यार्थीसँगै १ खर्ब विदेशियो

काठमाडौँ । पछिल्लो १० महिनामा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीसँगै एक खर्बबढी रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाखमसान्तसम्म विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विदेशिएको हो । गत वर्षको सोहि अवधिमा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ विदेशिएको थियो । त्यस्तै, १० महिनाको अवधिमा शिक्षा र घुमफिरका लागि […]

Jun 10, 2025 - 08:36
 0
१० महिनामा विदेश पढ्न जाने विद्यार्थीसँगै १ खर्ब विदेशियो

काठमाडौँ । पछिल्लो १० महिनामा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीसँगै एक खर्बबढी रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाखमसान्तसम्म विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विदेशिएको हो ।

गत वर्षको सोहि अवधिमा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ विदेशिएको थियो ।

त्यस्तै, १० महिनाको अवधिमा शिक्षा र घुमफिरका लागि विदेश जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो ।

यता, नेपाल भ्रमणमा आउने पर्यटकले भने ७५ अर्ब ७१ करोड रुपैयाँ मात्र खर्च गरेको पाइएको छ । अघिल्लो वर्ष पर्यटकले गरेको खर्च ६९ अर्ब ७३ करोड रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register