पाटन क्याम्पसमा सुरु भइसकेको मतदान स्थगित

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान स्थगित भएको छ । मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान स्थगित गरिएको हो । यो क्याम्पसमा आज (मङ्गलबार) बिहान ८ बजेपछि मतदान सुरु भएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । […]

Mar 18, 2025 - 04:44
 0
पाटन क्याम्पसमा सुरु भइसकेको मतदान स्थगित

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान स्थगित भएको छ ।

मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान स्थगित गरिएको हो । यो क्याम्पसमा आज (मङ्गलबार) बिहान ८ बजेपछि मतदान सुरु भएको थियो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।

काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वर र कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो ।

अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको छ ।

नेपाल कमर्श, थापाथली र पुल्चोक इन्जिनियरिङमा भने मतदान जारी छ ।

कीर्तिपुरको केन्द्रीय क्याम्पस र पद्मकन्यामा भने यही चैत ८ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार :

स्ववियु निर्वाचन : मीनभवन क्याम्पसमा मतदान (तस्वीरहरू)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register