ट्रम्पले पुटिनलाई फोन गरेर सोधे – हामी कहिले भेट्ने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको जानकारी दिँदै उनीसँग चाँडै भेट्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय भने गरेको पाइएन । ‘मिति तय भएको छैन तर […]

Feb 13, 2025 - 04:54
 0
ट्रम्पले पुटिनलाई फोन गरेर सोधे  – हामी कहिले भेट्ने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको जानकारी दिँदै उनीसँग चाँडै भेट्ने बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय भने गरेको पाइएन । ‘मिति तय भएको छैन तर हामी साउदी अरेबियामा भेट्ने निश्चित भएको छ,’ ट्रम्पले भने ।

यसअघि राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध ’तुरुन्तै’ अन्त्यका लागि वार्ता सुरु गर्न दुईजना सहमत भएको बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको बताएका छन् । यता राष्ट्रपति ट्रम्पले पनि ‘यो सँगै काम गर्ने समय हो’ भनेको बीबीसीको समाचारमा उल्लेख छ ।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । त्यसबेलादेखि अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register