नागरिक प्रथम अभियानले मधेशबाट गर्‍यो अन्त्योदय आन्दोलनको घोषणा

काठमाडौं । नागरिक प्रथम अभियानले मधेशबाट अन्त्योदय आन्दोलनको घोषणा गरेको छ । मधेशका ग्रामीण क्षेत्रका बासिन्दाका अधिकार स्थापित गर्न र उनीहरूका पीडा समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलनको घोषणा भएको हो । आन्दोलन घोषणाअघि मिटरब्याजपीडित र मधेशका सीमान्तकृत समुदायसँग नागरिक प्रथमले अभियानले सामूहिक छलफल गरेको थियो । उक्त छलफलले समाजको पिँधमा रहेका मान्छेहरूको उदयका लागि […]

May 21, 2025 - 06:56
 0
नागरिक प्रथम अभियानले मधेशबाट गर्‍यो अन्त्योदय आन्दोलनको घोषणा

काठमाडौं । नागरिक प्रथम अभियानले मधेशबाट अन्त्योदय आन्दोलनको घोषणा गरेको छ । मधेशका ग्रामीण क्षेत्रका बासिन्दाका अधिकार स्थापित गर्न र उनीहरूका पीडा समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलनको घोषणा भएको हो ।

आन्दोलन घोषणाअघि मिटरब्याजपीडित र मधेशका सीमान्तकृत समुदायसँग नागरिक प्रथमले अभियानले सामूहिक छलफल गरेको थियो । उक्त छलफलले समाजको पिँधमा रहेका मान्छेहरूको उदयका लागि अन्त्योदय आन्दोलन जरुरी रहेको निष्कर्ष निकालेको छ ।

उक्त छलफलबाट १० बुँदे दाबी पत्र तयार गरेको छ । जसमा नागरिकता, रासन कार्ड, भूस्वामित्व, आवास योजना, शिक्षालगायतका एजेन्डा समावेश छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register