रामेछापका सेवा प्रदायका बारेमा क्युआरबाट गुनासो गर्न सकिने

रामेछाप ।  रामेछापका सेवा प्रदाय संस्थाले गरेको सेवाका बारेमा अब देखि क्यूआरबाट गुनासो गर्न सकिने भएको छ । रामेछापका नागरिकले प्रविधिको प्रयोग गरी गुनासो गर्न सक्ने भएका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले बुधवार गुनासोरउजुरी लागि र नागरिक वडापत्रका लागि दुई क्यूआरको व्यवस्था गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा […]

May 21, 2025 - 18:35
 0
रामेछापका सेवा प्रदायका बारेमा क्युआरबाट गुनासो गर्न सकिने

रामेछाप ।

 रामेछापका सेवा प्रदाय संस्थाले गरेको सेवाका बारेमा अब देखि क्यूआरबाट गुनासो गर्न सकिने भएको छ । रामेछापका नागरिकले प्रविधिको प्रयोग गरी गुनासो गर्न सक्ने भएका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले बुधवार गुनासोरउजुरी लागि र नागरिक वडापत्रका लागि दुई क्यूआरको व्यवस्था गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रामेछापका बुधवार क्युआर सार्वजनिक गरिएको छ । कार्यक्रममा रामेछाप जिल्ला क्रियाशील पत्रकार¸ रामेछाप जिल्लाका विभिन्न कार्यालय सूचना अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्ला मै पहिलो पटक क्यूआरबाट गुनासो गर्न पाउनु  सकारात्मक पक्ष भएको बताएका थियो । यसको निरन्तरता¸ दिगोपन¸गुनासो सुनुवाइ र गोपनीयतामा ख्याल गर्न समेत सुझाएका थिए ।

क्युआर सार्वजनिक कार्यक्रम पश्चात् रामेछापका सूचना अधिकारी र पत्रकारहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा पत्रकारहरूले सहज रूपमा सूचना नपाएको¸ सूचना माग गर्दा पनि सूचना चुहावट भएको र सूचना माग्दा गलत नियतले हेर्ने गरेको र सेवा प्रदायले अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने सूचनाहरू समेत सार्वजनिक नगरेको गुनासो गरेका थियो ।

कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरेले रामेछापका पत्रकारले  गलत नियतले सूचना माग नगर्ने बताउँदै पत्रकारले सूचना आफ्नो लागि भन्दा पनि नागरिकहरू सूचित गर्न माग गरेको बताए । यसका लागि सूचना अधिकारीले कार्यालयका सूचनामा अपडेट रहन र समयमै सूचना उपलब्ध गराउन अनुरोध गरे । त्यस्तै कार्यक्रमका बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकले सूचनाको हक मूलतः नागरिकको हैसियतले प्रवाह गरिने भएकाले सूचना प्रवाहलाई सहज बनाउनु पर्ने बताउनु भयो । सूचना प्रविधिमा पनि नवीन प्रबिधिकको विकास भएकाले सहज र सरल तरिकाबाट सूचना प्रवाह गर्न सकिने बताए ।

कार्यक्रमको समापन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी थापाले सूचना प्रवाहमा कन्जुस नगर्न अनुरोध गरे । कार्यालयका सूचना अपडेट रहन आग्रह गर्दै सेवा प्रदायलाई अनिवार्य रूपमा प्रकाशन गर्नु पर्ने सूचनाहरू आधिकारिक माध्यमबाट प्रकाशन गर्न समेत अनुरोध गरे ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register