‘बैंकहरुको वर्गीकरण नै ठिक भएन’- बैंकर थकाली 

काठमाडौँ । कामना सेवा विकास बैंकका सिइओ तथा डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका उपाध्यक्ष दिनेश थकालीले विकास बैंकहरुलाई सरकारले गरेको वर्गीकरण ठिक नभएको बताएका छन् ।  अर्थ समितिमा भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले त्यसरी वर्गीकरण गर्दा जनमानसमा ‘घ’ वर्गको बैंकलाई खराब नजरले हेर्ने गरिएको बताए ।  उनले कमर्सियल बैंकहरुले परियोजनाहरु लगानी गरेजस्तै घरेलु तथा […]

May 22, 2025 - 03:23
 0
‘बैंकहरुको वर्गीकरण नै ठिक भएन’- बैंकर थकाली 

काठमाडौँ । कामना सेवा विकास बैंकका सिइओ तथा डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका उपाध्यक्ष दिनेश थकालीले विकास बैंकहरुलाई सरकारले गरेको वर्गीकरण ठिक नभएको बताएका छन् । 

अर्थ समितिमा भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले त्यसरी वर्गीकरण गर्दा जनमानसमा ‘घ’ वर्गको बैंकलाई खराब नजरले हेर्ने गरिएको बताए । 

उनले कमर्सियल बैंकहरुले परियोजनाहरु लगानी गरेजस्तै घरेलु तथा मझौला उद्योगको विकासका लागि विकास बैंकले पनि लगानी गरेको बताएका छन् । कृषि उपज व्यवसायमा लगानी गरेको यो क्षेत्रलाई वर्गीकरणका कारण जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने वातावरण बनाउन नहुने थकालीको भनाई छ । 

‘बैंक तथा वित्त संस्थाहरुको वर्गीकरण ‘क’, ‘ख’, ‘ग’, ‘घ’ भनेर गरिन्छ । तर ‘घ’ वर्गको बैंकलाई राम्रो नजरले हेरिँदैन ।’, उनले भने, ‘यो खालको वर्गीकरणले जनमानसमा नकारात्मक प्रभाव परेको छ । राख्नैपर्ने भए ‘क’ र ‘ख’ मात्रै राख्दा राम्रो । धेरै राख्नु भएन ।’ 

त्यस्तै, उनले वर्गीकरणमा ‘क’ र ‘ख’ मात्रै वा विकास बैंक र कमर्सियल बैंक भनेर मात्रै छुट्याउँदा पनि हुने भन्दै विकास बैंकले गर्ने कार्यहरु बृहत बनाउनुपर्नेमा पनि जोड दिएका छन् । अर्कोतर्फ सञ्चालकको हकमा उमेरमा हद राख्नु भन्दा योग्यता र अनुभवलाई आधार मान्नुपर्नेमा थकालीले जोड दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register