आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Mar 2, 2025 - 09:31
 0
आइतबार सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register