प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमेभूम्या पर्व आजदेखि सुरु

काठमाडौं । प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमेरभूम्या पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे÷भूम्या पर्व मनाउने प्रचलन छ । विशेष गरी अथार मगरात क्षेत्रमा यो पर्व मनाइन्छ । भुमेपर्वको अघिल्लो दिन युवा युवतीहरूले बुकी लेक तथा अग्ला […]

Jun 15, 2025 - 04:58
 0
प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमेभूम्या पर्व आजदेखि सुरु

काठमाडौं ।

प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमेरभूम्या पर्व आजदेखि सुरु भएको छ ।

प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे÷भूम्या पर्व मनाउने प्रचलन छ । विशेष गरी अथार मगरात क्षेत्रमा यो पर्व मनाइन्छ ।

भुमेपर्वको अघिल्लो दिन युवा युवतीहरूले बुकी लेक तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते बिहान बस्तीका हरेक घरमा भित्र्याएपछि भुमे भित्रिएको मानिन्छ । आजको दिन ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ ।

आज बिहान बलि दिएर पूजा गरेपछि नोकोबाङ्गे नाच शुुरु हुने प्रचलन छ । म्या पर्व अर्थात भूमे पूजा अठार मगरात क्षेत्रका बसोबासी खाम अर्थात् मगर भाषा बोल्ने समुदायले परापूर्वकालदेखि नै मनाउँदै आइरहेका छन् । भूमे नाच जेठदेखि नाच्ने गरे पनि असार १ देखि ३ गतेसम्म पूजाआजासहित गाउँले एकै ठाउँ जम्मा भएर मनाउने गर्छन ।

भूमिको पूजाआजा मात्रै नभई अठार मगरात क्षेत्रका बसोबासी मगर समुदायले भूम्या पर्वलाई नयाँ वर्षका रुपमा पनि मनाउने गर्छन । भूम्या पूजा गरी वस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी, कटुवाले चुन्ने काम, आफ्नो गाउँको नयाँ विकास योजना गाउँलेहरुको सहभागितमा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ ।

प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आज सार्वजनिक बिदा दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register