सान्भी इनर्जीको आईपीओ खुल्यो

काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ । सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । कम्पनीको बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको […]

May 23, 2025 - 04:53
 0
सान्भी इनर्जीको आईपीओ खुल्यो

काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । कम्पनीको बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register