दिल्लीका पुजारी र ग्रन्थीलाई मासिक १८ हजार भारु भत्ता दिने केजरीवालको घोषणा

काठमाडौं । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले ‘पुजारी ग्रन्थी सम्मान योजना’ घोषणा गरेका छन् । केजरीवालकाअनुसार दिल्लीका मन्दिर र गुरुद्वाराहरूमा सेवा गर्ने पुजारी र ग्रन्थीहरूलाई यस योजनाअन्तर्गत मासिक १८,००० भारु भत्ता दिइनेछ । यस घोषणाको बारेमा जानकारी दिँदै केजरीवालले भने, “हामी मन्दिरमा जान्छौं, पूजा गर्छौं तर हामीले उनीहरूलाई कहिल्यै ध्यान दिएनौँ । आज […]

Dec 30, 2024 - 08:48
 0
दिल्लीका पुजारी र ग्रन्थीलाई मासिक १८ हजार भारु भत्ता दिने केजरीवालको घोषणा

काठमाडौं । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले ‘पुजारी ग्रन्थी सम्मान योजना’ घोषणा गरेका छन् ।

केजरीवालकाअनुसार दिल्लीका मन्दिर र गुरुद्वाराहरूमा सेवा गर्ने पुजारी र ग्रन्थीहरूलाई यस योजनाअन्तर्गत मासिक १८,००० भारु भत्ता दिइनेछ ।

यस घोषणाको बारेमा जानकारी दिँदै केजरीवालले भने, “हामी मन्दिरमा जान्छौं, पूजा गर्छौं तर हामीले उनीहरूलाई कहिल्यै ध्यान दिएनौँ । आज यो योजनामार्फत उनीहरूलाई सम्मान गर्न हामी यो घोषणा गर्दैछौं कि हाम्रो सरकार बनेपछि १८ हजार रुपैयाँ मानदेय दिइनेछ ।”

“मलाई आशा छ कि भारतीय जनता पार्टी र काङ्ग्रेसका सरकारहरूले पनि यसबाट पाठ सिक्नेछन् र आ-आफ्नो राज्यमा  पुजारीहरूलाई सम्मान गर्ने योजनाहरू लागू गर्नेछन् ।”

उनले थप भने, ”यो योजनाको दर्ता भोलिदेखि सुरु हुनेछ । म भोलि कनॉट प्लेसको हनुमान मन्दिरमा जानेछु र त्यहाँका पुजारीहरूको नाम दर्ता गरेर फर्कनेछु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register