गुल्मिमा पहिलो पटक स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

बुटवल । गुल्मि जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका कृषक मेघनाथ अर्यालले धुर्कोटे स्थानीय चामल व्यवसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याएका छन् । जिल्लामा पहिलो पटक स्थानीय धानको चामललाई ‘अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग’ मार्फत ब्राण्डीङ्ग गरी बजारमा ल्याइएको हो । धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा उद्योग स्थापना गरी चामल उत्पादन […]

Jun 18, 2025 - 05:59
 0
गुल्मिमा पहिलो पटक स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

बुटवल । गुल्मि जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका कृषक मेघनाथ अर्यालले धुर्कोटे स्थानीय चामल व्यवसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याएका छन् । जिल्लामा पहिलो पटक स्थानीय धानको चामललाई ‘अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग’ मार्फत ब्राण्डीङ्ग गरी बजारमा ल्याइएको हो ।

धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा उद्योग स्थापना गरी चामल उत्पादन गर्न थालिएको हो । अर्यालले गत मङ्सिर महिनामा एक्लैले ४ सय मुरी धान उत्पादन गरेका थिए । अहिले उनले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् ।

स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्यले उत्पादित चामललाई नापतौल तथा गुणस्तर विभागबाट आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ्ग गरी बजारमा पठाइएको कृषक एवं उद्योगका सञ्चालक मेघनाथ अर्यालले बताए । उनले प्रशोधन गरेको चामललाई २५ किलोको अलगअलग बोरा बनाएर प्याकिङ गरिएको छ । उक्त २५ किलोको बोरालाई २५ सय मूल्य समेत निर्धारण गरिएको छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामल खानको लागि मिठो स्वादिलो र स्वास्थ्यवर्द्धक  भएका कारण स्थानीय तथा छिमेकी बजारमा यसको माग धेरै हुने दावी गरे । आगामी दिनमा यसको बजारीकरण, प्रविधि तथा ढुवानी लगायतका क्षेत्रमा पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरेलले भने, ‘पछिल्लो समय सुखसुविधाका लागि गाउँ छाड्नेहरुको लर्काे लागेका बेला गाउँमै कृषि र पशुपालन क्षेत्रमा करोडौँ रुपैयाँ लगानी गरेर कृषि कर्मलाई निरन्तरता दिएकाले पालिकाद्वारा अर्याललाई ६७ हजार नगद सहित यस वर्षको उत्कृष्ट कृषक सम्मान पुरस्कारद्वारा सम्मानित गरिएको छ ।’

धुर्कोटले हरेक आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट विनियोजन र कार्यान्वयन गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register