रवि लामिछानेको रिटमा सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार सुनुवाइ सकिने सम्भावना छ । शुक्रबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछानेविरुद्ध जाहेरी दिने जाहेरवालाका तर्फबाट बहस गरिरहेका छन् । यसअघि […]

May 23, 2025 - 08:26
 0
रवि लामिछानेको रिटमा सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो ।

हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार सुनुवाइ सकिने सम्भावना छ । शुक्रबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछानेविरुद्ध जाहेरी दिने जाहेरवालाका तर्फबाट बहस गरिरहेका छन् ।

यसअघि लामिछानेका तर्फबाट र सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालातर्फको बहस सकिएपछि आदेश आउनेछ । शुक्रबार बहस सकिएर आदेश आउने सम्भावना छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि लामिछाने बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register