आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर, भारतको विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बुधबार पाकिस्तानलाई १.०२ अर्ब डलरको दोस्रो किस्ता जारी गरेको छ । आईएमएफले यसअघि मे ९ मा पाकिस्तानलाई १ अर्ब डलर ऋण दिएको थियो । यो कोष पाकिस्तानलाई विस्तारित कोष सुविधा (EFF) कार्यक्रमअन्तर्गत दिइएको हो । सेप्टेम्बर २०२४ मा पाकिस्तानलाई ३७ महिनाको ७ अर्ब डलरको EFF दिइएको थियो, जसमध्ये […]

May 15, 2025 - 06:33
 0
आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर, भारतको विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बुधबार पाकिस्तानलाई १.०२ अर्ब डलरको दोस्रो किस्ता जारी गरेको छ ।

आईएमएफले यसअघि मे ९ मा पाकिस्तानलाई १ अर्ब डलर ऋण दिएको थियो । यो कोष पाकिस्तानलाई विस्तारित कोष सुविधा (EFF) कार्यक्रमअन्तर्गत दिइएको हो ।

सेप्टेम्बर २०२४ मा पाकिस्तानलाई ३७ महिनाको ७ अर्ब डलरको EFF दिइएको थियो, जसमध्ये १ अर्ब डलर तुरुन्तै जारी गरिएको थियो ।

अहिलेसम्म पाकिस्तानले EFF कार्यक्रमअन्तर्गत IMF बाट ३.१ अर्ब डलर प्राप्त गरिसकेको छ । पाकिस्तानको केन्द्रीय बैंकले दोस्रो किस्ताको रकम मे १६ सम्ममा आइपुग्ने बताएको छ ।

यता, भारतले यसको औपचारिक विरोध गरेको छ । पाकिस्तानलाई सो किस्ता नदिन भारतले अन्तर्राष्ट्रिय समुदायमा लबिङ गरेको थियो तर रोक्न असफल भएको बीबीसीले जनाएको छ ।

भारतले मुद्रा कोषको उक्त रकम सरकार प्रायोजित सीमापार आतंकवादमा प्रयोग गर्ने खतरा रहेको दाबीसमेत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register