रविविरुद्ध त्रिपाठीको तर्क– गम्भीर प्रकृतिको आर्थिक अपराध भएकाले थुनामै राख्नुपर्छ

काठमाडौं । सहकारी रकम दुरुपयोग अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गम्भीर प्रकृतिको आर्थिक अपराध गरेको भन्दै थुनामै राख्नुपर्ने तर्क गरेका छन् । उच्च अदालतको आदेशविरुद्ध रविले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदन निवेदनको मुद्दामा शुक्रबार जाहेरवालातर्फबाट बहस गर्दै त्रिपाठीले लामिछानेलाई थुनामै राख्नुपर्ने जिकिर गरेका […]

May 23, 2025 - 10:54
 0
रविविरुद्ध त्रिपाठीको तर्क– गम्भीर प्रकृतिको आर्थिक अपराध भएकाले थुनामै राख्नुपर्छ

काठमाडौं । सहकारी रकम दुरुपयोग अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गम्भीर प्रकृतिको आर्थिक अपराध गरेको भन्दै थुनामै राख्नुपर्ने तर्क गरेका छन् ।

उच्च अदालतको आदेशविरुद्ध रविले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदन निवेदनको मुद्दामा शुक्रबार जाहेरवालातर्फबाट बहस गर्दै त्रिपाठीले लामिछानेलाई थुनामै राख्नुपर्ने जिकिर गरेका हुन् ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको मुद्दामा अधिवक्ता त्रिपाठीले अपराध ‘सोचीविचारी र सुनियोजित तरिकाले’ गरिएको भन्दै यसले हजारौँ पीडितलाई प्रभावित बनाएको बताए । ‘यो समाज नै पीडित बनाउने अपराध हो, पीडितको संख्या हजारौँ छ’, उनले इजलासमा तर्क गरे।

त्रिपाठीले सहकारीको रकम व्यापारिक कम्पनीमा लगानी गर्नु गैरकानुनी रहेको बताए । ‘संविधानको धारा ५० ले सहकारीको सिद्धान्तलाई संरक्षण गरेको छ,’ त्रिपाठीले भने, ‘सहकारी कम्पनी कुनै लगानी कम्पनी होइनन, यसले व्यापारिक कारोबार गर्न मिल्दैन ।’

उनले रवि लामिछानेसहितको समूहले पाँचवटा सहकारीमार्फत एउटै किसिमको ढाँचामा ठगी गरेको बताए । ‘धेरै साना साना तरिकाले घटना घटाइएको छ, एउटा निश्चित प्याटर्न देखिन्छ,’ उनको भनाइ थियो ।

त्रिपाठीले व्यक्तिको स्वतन्त्रताभन्दा सामाजिक न्याय महत्त्वपूर्ण हुने तर्क गरे । साथै, उनीहरूले अझै पनि उजुरी फिर्ता गराउन दबाब दिइरहेको, प्रमाण नष्ट गर्ने प्रयास भइरहेको र पीडितलाई त्रासमा पार्ने खतरा रहेकाले थुनामै राख्नुपर्ने त्रिपाठीले माग गरे ।

‘यस खालको अपराधमा अनुसन्धान निष्पक्ष, प्रभावकारी र सुरक्षित रूपमा अघि बढाउन थुनामै राख्नु अत्यावश्यक छ, त्रिपाठीले इजलासलाई आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register