पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मोरङ । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयले जनाएको छ । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ ८ […]

Jun 15, 2025 - 02:49
 0
पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मोरङ ।

मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयले जनाएको छ । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

शनिबार साँझ ८ बजे पथरीबाट कानेपोखरी तर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register