रुस र युक्रेनबीच सबैभन्दा ठूलो संख्यामा कैदी आदानप्रदान
काठमाठौं । रुस र युक्रेनले सैनिक र सर्वसाधारण गरी ३९० जना कैदी एकअर्कालाई हस्तान्तरण गरेका छन् । सन् २०२२ मा रुसी आक्रमण पछि दुई देशबीच भएको यो सबैभन्दा ठूलो कैदी आदानप्रदान हो । एक हप्ताअघि टर्किएमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा नेपाली सयमअनुसार शुक्रबार राति २७० सैनिक र १२० […]

काठमाठौं । रुस र युक्रेनले सैनिक र सर्वसाधारण गरी ३९० जना कैदी एकअर्कालाई हस्तान्तरण गरेका छन् । सन् २०२२ मा रुसी आक्रमण पछि दुई देशबीच भएको यो सबैभन्दा ठूलो कैदी आदानप्रदान हो ।
एक हप्ताअघि टर्किएमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा नेपाली सयमअनुसार शुक्रबार राति २७० सैनिक र १२० सर्वसाधारणलाई हस्तान्तरण गरेका हुन् ।
वार्तामा दुवै पक्षले १ हजार कैदी आदानप्रदान गर्न सहमति जनाएका थिए । आगामी दिनहरूमा थप कैदी आदानप्रदान हुने बीबीसीको समाचारमा उल्लेख छ ।
यद्यपि यसअघि धेरै पटक थोरै संख्यामा कैदी आदानप्रदान भएका छन् । तर अहिलेको संख्या सबैभन्दा ठूलो हो ।
रुसी रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारणमा हालैका महिनाहरूमा युक्रेनको आक्रमणको क्रममा रुसको कुस्र्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्तिहरू पनि समावेश रहेको बताएको छ ।
What's Your Reaction?






