रुस र युक्रेनबीच हालसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान

काठमाठौं । रुस र युक्रेनले सैनिक र सर्वसाधारण गरी ३९० जना कैदी एकअर्कालाई हस्तान्तरण गरेका छन् । सन् २०२२ मा रुसी आक्रमणपछि दुई देशबीच भएको यो सबैभन्दा ठूलो कैदी आदानप्रदान हो । एक हप्ताअघि टर्किएमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा नेपाली सयमअनुसार शुक्रबार राति २७० सैनिक र १२० सर्वसाधारणलाई […]

May 24, 2025 - 01:41
 0
रुस र युक्रेनबीच हालसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान

काठमाठौं । रुस र युक्रेनले सैनिक र सर्वसाधारण गरी ३९० जना कैदी एकअर्कालाई हस्तान्तरण गरेका छन् । सन् २०२२ मा रुसी आक्रमणपछि दुई देशबीच भएको यो सबैभन्दा ठूलो कैदी आदानप्रदान हो ।

एक हप्ताअघि टर्किएमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा नेपाली सयमअनुसार शुक्रबार राति २७० सैनिक र १२० सर्वसाधारणलाई हस्तान्तरण गरेका हुन् ।

वार्तामा दुवै पक्षले १ हजार कैदी आदानप्रदान गर्न सहमति जनाएका थिए । आगामी दिनहरूमा थप कैदी आदानप्रदान हुने बीबीसीको समाचारमा उल्लेख छ ।

यद्यपि यसअघि धेरै पटक थोरै संख्यामा कैदी आदानप्रदान भएका छन् । तर अहिलेको संख्या सबैभन्दा ठूलो हो ।

रुसी रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारणमा हालैका महिनाहरूमा युक्रेनको आक्रमणको क्रममा रुसको कुस्र्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्तिहरू पनि समावेश रहेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register