राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन जारी राख्ने

काठमाडौं । राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा रिहा नभएसम्म प्रदर्शन जारी राख्ने भएको छ । आजको प्रदर्शन ४ बजेसम्म हुने र भोलिदेखि रवीन्द्र र धवल रिहा नभएसम्म प्रदर्शन जारी राख्ने सांसद दीपक सिंहले जानकारी दिए । यता, राप्रपाको प्रदर्शन विभिन्न समूहमा बाँडिएको छ । सुरुमा बबरमहलबाट नयाँ बानेश्वरसम्म आएका प्रदर्शनकारी […]

Apr 20, 2025 - 09:59
 0
राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन जारी राख्ने

काठमाडौं । राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा रिहा नभएसम्म प्रदर्शन जारी राख्ने भएको छ ।

आजको प्रदर्शन ४ बजेसम्म हुने र भोलिदेखि रवीन्द्र र धवल रिहा नभएसम्म प्रदर्शन जारी राख्ने सांसद दीपक सिंहले जानकारी दिए ।

यता, राप्रपाको प्रदर्शन विभिन्न समूहमा बाँडिएको छ ।

सुरुमा बबरमहलबाट नयाँ बानेश्वरसम्म आएका प्रदर्शनकारी विभिन्न समूहमा बाँडिएका हुन् । अहिले केही समूह माइतीघर मण्डलातर्फ लागेको छ भने केही समूह बानेश्वरमै छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू भने सिंहदरबारभित्रै पक्राउ परेका छन् । प्ले कार्डसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register