सुनकोसी-मरिन डाइभर्सन निर्माणको सुस्त गति : ४ वर्षमा १० प्रतिशत मात्र काम (तस्वीरहरू)

काठमाडौं । सुनकोसी-मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको यो आयोजना शिलान्यास भएको चार वर्ष भइसक्दा निर्माण १० प्रतिशत पनि नाघेको […]

May 24, 2025 - 04:14
 0
सुनकोसी-मरिन डाइभर्सन निर्माणको सुस्त गति : ४ वर्षमा १० प्रतिशत मात्र काम (तस्वीरहरू)

काठमाडौं । सुनकोसी-मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको यो आयोजना शिलान्यास भएको चार वर्ष भइसक्दा निर्माण १० प्रतिशत पनि नाघेको छैन ।

गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवक्र्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ । सन् २०२७ मा हेडवक्र्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।

तस्वीरहरू :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register