एकतर्फी सञ्चालनमा आयो अवरुद्ध पूर्वपश्चिम राजमार्ग

काठमाडौं । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासी पश्चिमस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । शनिबार बिहान करिब ११ बजेपछि सडक एकतर्फी सञ्चालनमा आएको नवलपरासी पश्चिमका जिल्ला प्रमुख एसपी अनुपम श्रेष्ठले नेपालभ्युजलाई जानकारी दिए । ‘शुक्रबार रातिदेखि अवरुद्ध सडक एकतर्फी खुलेको छ । अहिले सवारीसाधन अन्तव्यतर्फ अघि बढिरहेका छन्,’ उनले […]

May 24, 2025 - 07:11
 0
एकतर्फी सञ्चालनमा आयो अवरुद्ध पूर्वपश्चिम राजमार्ग

काठमाडौं । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासी पश्चिमस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

शनिबार बिहान करिब ११ बजेपछि सडक एकतर्फी सञ्चालनमा आएको नवलपरासी पश्चिमका जिल्ला प्रमुख एसपी अनुपम श्रेष्ठले नेपालभ्युजलाई जानकारी दिए ।

‘शुक्रबार रातिदेखि अवरुद्ध सडक एकतर्फी खुलेको छ । अहिले सवारीसाधन अन्तव्यतर्फ अघि बढिरहेका छन्,’ उनले भने ।

चिनियाँ भेहिकलको सहयोगमा अहिले दुईतर्फी नै सडक खुलाउने काम धमाधम भइरहेको एसपी श्रेष्ठले बताए ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन जाममा पर्नुका साथै यात्रु अलपत्र परेका थिए ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको छ ।

खुलेन अवरुद्ध पूर्वपश्चिम राजमार्ग : सवारीसाधनको जाम, यात्रु अलपत्र

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register