आमाबाबुलाई भेट्न घर पुगे पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका पूर्णम
पश्चिम बंगाल । पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवान पूर्णम कुमार हुगली पश्चिम बंगालस्थित आफ्नो घर पुगेका छन् । घर पुगेर उनले परिवार र आफन्तसँग खुसी साटेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ । पहलगाम आक्रमणको दोस्रो दिन पञ्जाबको फिरोजपुर नजिकै पूर्णमलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो । भारत र पाकिस्तानबीचको […]

पश्चिम बंगाल । पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवान पूर्णम कुमार हुगली पश्चिम बंगालस्थित आफ्नो घर पुगेका छन् ।
घर पुगेर उनले परिवार र आफन्तसँग खुसी साटेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ ।
पहलगाम आक्रमणको दोस्रो दिन पञ्जाबको फिरोजपुर नजिकै पूर्णमलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो ।
भारत र पाकिस्तानबीचको तनावका बेला पूर्णमरले गल्तीले अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए ।
पाकिस्तानी रेन्जर्सले उनलाई मे १४ मा अटारी–वाघा सीमामा भारतीय अधिकारीहरूलाई बुझाएको थियो ।
आफ्नो घर पुगेपछि पूर्णमले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै आमाबुवालाई भेट्न घर आएको बताए ।
‘मेरा आमाबाबु धेरै दुःखी हुनुहुन्थ्यो, त्यसैले म पहिले उनीहरूलाई भेट्न आएँ । मेरा आफन्तहरूलाई भेट्न पाउँदा खुसी लागको छ ।
What's Your Reaction?






