बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए । यसअघि जेठ ६ गते गाउँपालिका- […]

May 24, 2025 - 13:08
 0
बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए ।

यसअघि जेठ ६ गते गाउँपालिका- ५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतिबिन्दुको समस्या देखिएकोमा उनीहरूको कुलाउमै शल्यक्रिया गरिएको उनले बताए । शिविरमा छ सय ६२ जनाको आँखाको जाँच गरेर औषधि तथा दुई सय ६५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको सार्कीले जानकारी दिए ।

नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले विभिन्न निकायसँगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा अधिकांश ज्येष्ठ नागरिकले सेवा लिएका गाउँपालिका उपाध्यक्ष विना भट्टले बताइन् ।

गाउँमै गुमेको आँखाको ज्योति फर्किएपछि स्थानीय खुसी भएका छन् । “आँखाको ज्योति गुमेपछि घरमै थन्किएकी थिए । शिविरमार्फत गाउँघरमै गुमेको ज्योति फर्किएपछि निकै खुसी लागेको छ”, स्थानीय जयमति चन्दले भनिन् ।

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register