दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरी गाडी चलाएपछि राजावादी प्रदर्शनमा स्थिति बिग्रीएको गृहको निष्कर्ष

काठमाडौं । गृहमन्त्रालयले राजावादीहरूको प्रदर्शनमा स्थिति बिग्रीनुका पछाडि दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरी प्रहरीको घेरा र डिभाइडरमाथि नै गाडी चलाएपछि स्थिति बिग्रीएको निष्कर्ष निकालेको छ । राजावादी समर्थक आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई अश्लिल गाली गर्दै सुरक्षा घेरा ट्राफिक डिभाइडरमाथि नै गाडी चलाएका थिए । गृहमन्त्रालयले पूर्व राजावादीहरूको प्रदर्शन अत्यन्तै हिंसात्मक भएको जनाएको छ । नेपालको […]

Mar 28, 2025 - 12:48
 0
दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरी गाडी चलाएपछि राजावादी प्रदर्शनमा स्थिति बिग्रीएको गृहको निष्कर्ष

काठमाडौं । गृहमन्त्रालयले राजावादीहरूको प्रदर्शनमा स्थिति बिग्रीनुका पछाडि दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरी प्रहरीको घेरा र डिभाइडरमाथि नै गाडी चलाएपछि स्थिति बिग्रीएको निष्कर्ष निकालेको छ ।

राजावादी समर्थक आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई अश्लिल गाली गर्दै सुरक्षा घेरा ट्राफिक डिभाइडरमाथि नै गाडी चलाएका थिए ।

गृहमन्त्रालयले पूर्व राजावादीहरूको प्रदर्शन अत्यन्तै हिंसात्मक भएको जनाएको छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्ण ढंगले जम्मा हुने र विचारको आदानप्रदान गर्ने अधिकार दिएको, तर आज पूर्व राजाका समर्थकद्वारा गरिएको गतिविधि खेदजनक भएको जनाएको छ । प्रदर्शनका आयोजकनले अधिकारको दुरुपयोग गरेको र सभ्य समाजले लाज मान्नुपर्ने खालको घटना भएको गृहको निष्कर्ष छ ।

यस्तै मानिसलाई घरभित्र राखेर आगो लगाउने जघन्य खालको घटना पनि राजावादी प्रदर्शनकारीले गरेको र यो क्षमायोग्य नभएको गृहले जनाएको छ ।
यस्तै, तिनकुनेको झडपमा २० वर्षीय सबिन मर्हजनको मृत्यु भएको र जडिबुटीको औषधी विभागमा ८ वटा गाडीमा आगजनी भएको गृहले निकालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register