नेपाल फाइनान्सको झण्डै ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले जेठ ११ गतेदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सो सेयरमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी […]

May 25, 2025 - 07:38
 0
नेपाल फाइनान्सको झण्डै ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले जेठ ११ गतेदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सो सेयरमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीका अनुसार न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार १ गतेसम्म रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register