सल्यानमा जिप दुर्घटना, १२ जना घाइते

सल्यान । सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् । सल्यानको रिमबाट दाङको तुल्सीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आइतबार दिउँसो सल्यानको कपुरकोट गाउँपालिका – ३ सातबासमा दुर्घटनामा परेको हो। सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार दुर्घटनामा परी १२ जना घाइते भएका छन् […]

May 25, 2025 - 11:35
 0
सल्यानमा जिप दुर्घटना, १२ जना घाइते

सल्यान । सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् ।

सल्यानको रिमबाट दाङको तुल्सीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आइतबार दिउँसो सल्यानको कपुरकोट गाउँपालिका – ३ सातबासमा दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइतेमध्ये कपुरकोट गाउँपालिका – ५ की १५ वर्षीया सपना बुढाथोकीको अवस्था गम्भीर छ । उनको ढाड, टाउको र पेटमा चोट छ।

त्यस्तै अन्य घाइतेहरू कपुरकोट – २ का ५५ वर्षीय गोरेलाल बोहोरो, कपुरकोट – ४ की ४६ वर्षीया सीमा बुढा, कपुरकोट – ५ का ३८ वर्षीय बिजय बुढाथोकी, सोही ठाउँकी ६७ वर्षीया मनजिता बोहोरा र ३२ वर्षीया भिमा बुढाको अवस्था मध्यम छ ।

त्यस्तै कपुरकोट – ५ की चन्द्रकला महतारा, सोही ठाउँकी १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशिना महतारा घाइते भएका छन् । घाइतेहरूको उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register